भिडियो

र*क्सीले मातेका मालपोत हाकिमको चर्तिकला (भिडियो)

मालपोत कार्यालय महोत्तरीका प्रमुख भुपबहादुर बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कार्यालय समयमा मालपोत प्रमुख मा*तेर कार्यालयमा बसेको देखेपछि सेवाग्राहीले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय जलेश्वरको प्रहरी टोलीले बोगटीलाई प*क्राउ गरेको डीएसपी माधव बुढाथोकीले जानकारी दिएका छन्। ‘जिल्ला अस्पताल जलेश्वरमा मेडिकल गराएका छौं। म*दिरा से*वन गरेको रिपोर्ट आएको छ,’ उनले भने, ‘प्रमुख बोगटीलाई प्रहरी कार्यालयमा राखेका छौं।’

शुक्रबार दिउँसो उनी र*क्सी पिएर कुर्सीमा निदाएको भेटिएका थिए। उनलाई प्रहरी कार्यकक्षबाटै नियन्त्रणमा लिएको हाे। प्रहरीले बोगटीलाई शुक्रबार दिउँसो नियन्त्रणमा लिएको छ। प्रहरीले बोगटीमाथि अनुसन्धान भइरहेको बताएको छ। उनलाई थप अनुसन्धानका लागि अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। हेर्नुस भिडियो:

यो पनि पढ्नुस : हामी सबै मोबाईल प्रयोग गछौ । मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ । मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ । अन्य समयमा मोबाईलको प्रयोग र राती सुत्नुभन्दा अघिको मोबाईल प्रयोगमा भने ध्यान दिनुपर्छ । दिनमा त ठिकै छ तर राती सुत्नु भन्दा पहिले कम्तीमा पनि एक घण्टा अघि मोबाईलाई आफूबाट टाढा राख्नुपर्छ । यदि यसो गरेनौ भने हामीमा केहि समस्याहरु निम्तीन सक्छन् ।

सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने तथ्य बाहिरिएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो । राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने पत्ता लगाइएको समाचार संस्था इन्डिपेन्डेन्टले उल्लेख गरेको छ । यसअघि पनि आरामपूर्ण निद्रा पुर्याउन सुत्ने समयमा मोबाइल चलाउनु उचित नहुने अध्ययनले देखाएको थियो ।

Related Articles

Back to top button
Close