राशिफल

पशुपतिनाथले तपाईको मनोकामना पूरा गर्नुहोस, हेर्नुहोस् आज २०७६ मंसिर ०२ गते सोमबारको राशिफल

मेष: आज कर्मको बाटोहरु प्रसश्त खुल्ने छन्, कुनै काम गर्दा परिवार वा अभिभावकलाई अघि सार्दा फाइदा हुने दिन छ ।

वृष: आज आय आर्जनका बाटोहरु प्रशस्त रहने छन्, लामो समय सम्म रोकिएको धनहरु आज काम अगाडि बढाए फुक्ने सम्भावना छ, बहिनी दिदीको लागि काम गर्न शुभ छैन ।

मिथुन: आज खर्च हुने योग छ, विशेष ध्यान पुर्याउनु पर्नेछ, यात्रा क्रममा पनि सावधानी अपनाउनु होला ।

कर्कट: आजको दिन शुभ रहनेछ, शिरमा चन्द्र रहने भएकोले नया सम्बन्ध देखि काम कार्यमा शुभ रहनेछ ।

सिंह: आजको दिन केहि सावधानी अपनाउनु पर्ने छ, बोलिको माध्यमबाट वाधा पुग्ने छ त्यसैले विचार पुर्याएर बोल्नु होला ।

कन्या: आजको दिन आफ्नो ईष्ट मित्रहरु संगको भेटमा मन प्रफुल्ल हुनेछ, नया काम कार्यलाई राम्रो छ तर सावधानी अपनाउनु पर्ने छ ।

तुला: आजको दिन राम्रो रहनेछ, काम कार्यमा पनि सफल मिल्ने योग छ ।

वृश्चिक: मंगल ग्रहको प्रभाव पर्छ, आज जग्गा जमिनको काम कारवारमा फाईदा जनक रहनेछ ।

धनु: आजको दिन केहि सावधानी अपनाउनु पर्ने छ, शरीरमा चोट पटक लाग्न सक्ने हुदा बाहिर हिड्दा सतर्क रहनुहोला, भगवान विष्णुलाई पुजा गरेर दिन सुरु गर्नुहोला ।

मकर: आज शनि ग्रहको प्रभाव पर्ने छ, गर्न लागेका कामहरुमा वाधा पर्ने हुन्छ ।

कुम्भ: कुम्भ राशिको मालिक हो शनि ग्रह जसले गर्दा काम कार्यमा वाधा अवरोध पर्ने हुदा सतर्क अपनाउनु पर्ने हुन्छ ।

मीन: शिक्षा तर्फ राम्रो देखिन्छ, तपाईको कर्मलाई भाग्यले साथ दिने छ जसले गर्दा काम कार्यमा शुभ रहनेछ ।

Related Articles

Back to top button
Close