समाचार

जाँडमा पुराना जुत्ता, चप्पल र खुर्सानी भेटिएपछि…!

बागलुङ, २५ पुस । जिल्ला प्रहरी कार्यालयले अ वैध घरेलु मदिरा बनाउन प्रयोग हुने दुई हजार ५०० लिटर जाँड बरामद गरी नष्ट गरेको छ ।

बिहीबार साँझ बागलुङ नगरपालिका–३ मुलपानीस्थित रेशमबहादुर जिसीको घरमा फेला परेको जाँड जनप्रतिनिधि, आमा समूहका पदाधिकारीलगायतको रोहबरमा खाडलमा पुरी नष्ट गरिएको जनाइएको छ ।

जाँडमा पुराना चप्पल, जुत्ता र खुर्सानीसमेत मिसावट गरिएको पाइएको प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले बताउनुभयो । उहाँले घरेलु म दिरा उत्पादक र प्रयोगकर्तालाई सचेत हुन आग्रह गर्नुभयो ।

स्थानीय ‘योङ ओमन लिडर महिला समूह’को सक्रियतामा प्रहरीले म दिरा बनाउन प्रयोग हुने जाँड बरामद गरेको हो । ‘समुदाय–प्रहरी’ साझेदारी कार्यक्रम शुरु भएपछि सामाजिक विकृति न्यूनीकरणमा सहजता थपिएको छ ।

Related Articles

Back to top button
Close