समाचार

रहेनन् विश्वलाई नेपाल चिनाउने खगेन्द्र थापा

काठमाडौं । विश्वमा नेपाललाई चिनाएका एक महान व्यक्तिको निधन भएको छ । विश्वको सबैभन्दा होचा व्यक्तिको रेकर्ड बनाएका खगेन्द्र थापामगरको निधन भएको हो । उनी बिरामी भएपछि बिहिबार पोखरास्थित मणिपाल अस्पतालमा भर्ना भएका थिए । उपचारको क्रममा उनको आज निधन भएको हो ।

खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानामगरका अनुसार चिकित्सकले आज दिउँसो ३ बजे उनलाई मृत घोषणा गरेका हुन् । निमोनियाका कारण खगेन्द्रको मृत्यु भएको जानकारी दिइएको छ । बाग्लुङमा जन्मिएका खगेन्द्को उचाइ ५७ सेन्टिमिटर मात्र थियो । उनी २०४९ सालमा जन्मिएका थिए 

Related Articles

Back to top button
Close