काठमाडौं प्रहरी परिसरमा प्रधानमन्त्री ओलीविरुद्ध जाहेरी आएपछि

काठमाडौं ,१८ मंसिर। अधिवक्ता भुपेन्द्रप्रसाद पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध धर्म परिवर्तनको उद्योग कसुर अन्तरगत कारबाहीको माग गर्दै जाहेरी सहित काठमाडौं प्रहरी परिसर, टेकु पुगेका छन् । पोखरेलले ओलीसहित आयोजक युनिभर्सल पिस फेडेरेशन (यूपीएएफ) का अध्यक्ष एकनाथ ढकालविरुद्ध पनि जोहरी दिएका थिए

।यद्दपी उक्त जाहेरी काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० वसन्त लामाले लिन अस्वीकार गरेको जानकारी प्राप्त भएको छ ।
अधिवक्ता पोखरेलले जाहेरीमा भनेका छन् ‘लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै पुरस्कार र तक्मा दिने, अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति कायमका लागि कार्यक्रम गर्ने गराउने भन्दै आयोजक बनेर प्रधानमन्त्रीको उपस्थितिमा ५ दिनसम्म होटलमा क्रिष्चिय सम्मेलन गरेर जनतालाई क्रिष्चियन धर्मप्रति आकर्षित एवं आस्था राख्न बाध्य पार्ने तरिकाले नेपालका उच्च पदाधिकारी, उच्च ओहोदाका कर्मचारी राष्ट्रसेवक एवं मेयर, उपमेयरलाई सम्मेलनमा बोलाएर सच्चा माता भनिने मुनबाट आर्शिवाद समेत लिने काम भएको छ ।

’ यद्दपी काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० वसन्त लामाले के प्रमाण छ रु भन्दै जाहेरी निन अस्विकार गरेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : मङ्लबार, मंसिर १८, २०७५

प्रतिकृया दिनुहोस

Facebook Comments

You May Also Like

Leave a Reply