हनिमुन मनाउदै फ्रान्समा नायिका वर्षा र सञ्जोग, यस्ता छन् रोमान्टिक पलहरु ( तस्बिर सहित )

केहि समय अघि बिबाह गरेका अभिनेता सन्जोग कोइराला र नायिका बर्षा राउत हनिमुन मनाउन फ्रान्स पुगेका छन्।

अघिल्लो प्रेम दिबसको दिनमा बिबाह बन्धनमा बाधिएका उनीहरु हनिमुनका लागि फ्रान्स पुगेका हुन् ।

बिहे लगत्तै केहि फिल्मको काम सकाउनु पर्ने भएको र वैवाहिक जीवन मा निकै खुशी उनीहरु एकआपसमा समय बिताइरहेका छन् ।

हनिमुनमा रहेका उनीहरुले फ्रान्समा बिताएका रमाइला पलहरुको तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरेका छन्।

उनीहरुले पोस्ट गरेको रोमान्टिक तस्वीरमा फ्रान्सको आइफेल टावर पनि देख्न सकिन्छ ।

केही दिन अगाडि मात्र उनीहरु हनिमुन मनाउन फ्रान्स उडेका थिए ।

उनीहरु फ्रान्सको राजधानी पेरिसका रमणीय स्थानहरु घुमघाममा व्यस्त छन् ।

अभिनेत्री वर्षाले र सन्जोगले फ्रान्समा बिताएका रोमान्टिक तश्बिरहरु आफ्नो आधिकारिक फेसबुकमा शेयर गर्दै आएका छन् ।

कतै अंगालोमा बाधिएका त कतै गालामा चुम्बन गरेको तस्बिरहरु सार्बजनिक गरिएको छ।

७ बर्ष देखिको प्रेमलाइ बिबाहमा परिणत गरेका उनीहरु करीब डेढ महिनापछि उनीहरु हनिमुनमा निस्किएका हुन् ।

विवाह लगत्तै अभिनेत्री वर्षा फिल्म ‘जात्रै जात्रा’ को छायांकनमा व्यस्त हुनु परेपछि काम सकिएपछि हनिमुनमा निस्किएका हुन्।

Leave a Reply