मोदीलाई बधाई दिदैं राहुलले भने : जनता मालिक हुन म हार स्विकार गर्दछु

काठमाडौं । विश्वको सबैभन्दा ठुलो लोकतन्त्र मानिएको भारतमा आम निर्वाचन सम्पन्न भएको छ ।

भारतले नयाँ प्रधानमन्त्रीको रुपमा फेरि पनि भारतीय जनता पार्टीका नेता अर्थात अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाउँने पक्का भएको छ ।

प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनु भएको छ ।

मोदीको दल भारतीय जनता पार्टी (भाजपा) ले लोकसभा चुनावमा स्पष्ट बहुमत ल्याउने देखेपछि कांग्रेस अध्यक्ष राहुलले बधाई दिनु भएको हो ।

आज नतिजा मोदीको पक्षमा देखिएपछि पत्रकार सम्मेलन गर्दै गान्धीले यस्तो बयान दिनु भएको हो ।

उहाँले हार स्वीकार गर्दै मोदीलाई बधाई दिनुभएको छ । राहुलले हारको सम्पूर्ण जिम्मेवारी आफूले लिने समेत स्पष्ट पार्नुभएको छ ।

उहाँले हार स्वीकार गर्दै विचारधाराको लडाईं भने जारी रहने उल्लेख गर्नुभयो । पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘नरेन्द्र मोदीलाई बधाई छ । विचारधाराको लडाईं जारी छ ।

कांग्रेसका कार्यकर्ता जोजो हुनुहुन्छ विचलित नहुनुहोस् ।’ उहाँले यो सँगैं पार्टी कार्यकर्ता, पत्रकार लगायत निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद भन्नु भएको छ ।

उहाँले आफुले सुरु देखि नै जनता मालिक भएको उल्लेख गरेको भन्दै आफुले जनमतको सम्मान गर्ने जनाउनु भएको हो ।

Leave a Reply