भारतमा मतगणना हुँदै गर्दा कांग्रेस अध्यक्षको हृदयघातका कारण ज्यान गयो

नयाँदिल्ली । अहिले भारतमा लोकसभा निर्वाचनको मतगणना भइरहेको छ । यो बिचमा भारतीय जनता पार्टी (भाजपा) धेरै अगाडी देखिएको छ ।

मतगणनास्थलमा सीहोर जिल्लाका कांग्रेस अध्यक्ष रतन सिंह ठाकुरलाई हृदयघात भएको भारतीय सञ्चारमाध्यमले जनाएको छन् ।

मतगणनाको अपडेटले उनको स्वास्थ्यमा खराब आयो र त्यससँगै उनलाई हृदयघात भयो । उनलाई हतारहतार अस्पताल लगिएपनि ज्यान भने बच्न सकेन ।

मध्यप्रदेशको सबै २९ सिटका लागि मतगणना जारी छ । मतपरिणाम आजै बेलुका आइपुग्नेछ । एजेन्सी

Leave a Reply