बेहुली देखेर बेहुलाको अजीव र्हकत : पहिले च्याते शर्ट, फेरी जमीनमा रगेट्न थाले नाक

एजेन्सी । विश्वमा अजिव अजिवका घटना हुन्छन् । नेपालमापनि कहिलेकाही पत्याउनै नसक्ने घटना भइरहेका हुन्छ ।

यो घटना हो बिहारको दानापुर राज्यको त्यहाँ अजीबको मामला बनेको छ । बिबाहमा जे भयो यो खबरले तपाई जो कोही चकित बन्नुहुनेछ ।

यहाँ दुलही बिबाह माण्डबमा आउँछिन् । आउँनासाथ बेहुला अचम्मको हर्कत देखाउन थाल्छन् । उनले पहिले आफ्नो शर्ट च्यात्छन् ।

त्यसपछि जमीनमा नाक रगड्न थाल्छन् । जयमाला पहिरेपछिपनि यस्तो हर्कतले दुलहीले बिबाह बहिस्कार गर्छिन् ।

त्योबीचमा बेहुलीलाई फकाउन अनेकौँ प्रयास गरिन्छ । तर बेहुलीले स्वीकार गर्दिनन् । यसैले बेहुला बेहुली नलिई फर्किन बाध्य हुन्छन् ।

जानकारी अनुसार घटना बिहारको दानापुर जिल्लाको हो । यहां फुलवारी शरीफ थानाक्षेत्रको ब्रह्मपुर गाँउमा यस्तो घटना भएको हो ।

यो गाँउमा एक छोरीको बिबाहका लागि बाजा बजिरहेको थियो । बेहुला स्वयंवर मालाका लागि बिबाह मञ्चमा पुग्छन् । बेहूली आउँछिन् । त्यही बेला बेहुलाले यस्तो अनौठो हर्कत देखाउँछन् ।

बेहुदाको यस्तो विक्षिप्त अवस्था देखेर बेहुलीले बिबाहा इन्कार गर्छिन । बताए अनुसार बेहुली खुबै राम्री थिइन् । जुन बेहुलाले पाउँने जस्तो नै लागेको थिएन ।

पैसाका कारण बाबुको करकापमा बिबाह हुँदैथियो । तर बेहुलीको सुन्दरता देखेर बेहुदा बेहोस भइहाले । यो घटना प्रहरीसम्म आएपछि झनै भाइरल बनेको हो ।

Leave a Reply